लिम्पियाधुरातर्फ पनि भारतीय सडक …हेर्नुहोस!

काठमाडौं । भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ । कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए । त्यसपछि धार्मिकस्थल

आदि कैलाश जानका लागि सडक बनाइरहेका भारती दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ । त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ । ३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ ।

‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिङकाङसम्मको ट्र्याक खोल्ने ९कटिङ० को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।