नेपाल रास्ट्रबैंकले हजारको नोटबाट अफ्रिकन हात्तीको फोटो हटाउने कारण यस्तो, अब नेपाल कै हात्तीको रहने…हेर्नुहोस् ।

नेपाल खबर अन्लाईन : नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रि’कन हात्तीको फोटो हटेको छ ।हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने नि’र्णय राष्ट्र बैङ्कले आ’र्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।

हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।नेपालमा यति धेरै हात्ती हुँदाहुँदै पनि नोटमा अफ्रि’कन हात्तीको फोटो प्रयोग गर्ने राष्ट्र बैङ्कलाई नेपाली हात्तीको फोटो राख्ने सु’झाव र ज्ञान कसले दियो त ?२०६९ सालको मंसिर महिनामा बजारमा केही नयाँ नोट छाप्न दिनुपर्ने अवस्था आएकाले नोट तथा सिक्का डिजा’इन समितिको बैठक बसेको थियो ।

त्यतिबेला समितिका संयोजक तत्कालीन गभर्नर डा. युवराज खतिवडा थिए भने डेपुटी गभ’र्नर थिए महाप्रसाद अधिकारी ।
सो बैठकमा राष्ट्रिय निकु’ञ्जका त’र्फबाट आउने प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका महानि’र्देशक मेघबहादुर पाण्डे उपस्थित थिए । इतिहास’विद्का रूपमा शताब्दी पुरुष सत्य’मोहन जोशीलाई पनि बैठकमा बोलाइएको थियो ।

नोट तथा सिक्का प्रकाशन गर्नुपूर्व पनि नेपाल राष्ट्र बैङ्कका गभर्नरको संयोज’कत्वमा रहेको सिक्का डि’जाइन तथा सिफारिस समितिले निर्ण’य गरेर राष्ट्र बैङ्कको बोर्ड बैठकमा पेश गर्ने गर्छ । बाहिर देखिने फोटो परि’वर्तन गर्ने काम राष्ट्र बैङ्कको बोर्डबाट पारित भएपछि मन्त्रिपरिषदसम्म पुग्ने गर्छ । त्यसपछि मात्रै नयाँ नोट छपाइको प्र’क्रियामा जाने गर्छ ।

सो डिजाइन गरेर सिफारिस गर्ने समितिमा भाषाविद्, पुरातत्वविद्, वन्यजन्तु विशेषज्ञ, इतिहा’सविद् लगायत विभिन्न क्षेत्रका एक÷एक जना प्रति’निधि संलग्न हुने गर्छन् ।बैठकमा सहभागी पाण्डेले सुरुमा नै नेपाली नोटमा प्रयोग गरिने नोटहरूको विषयमा आपत्ति जनाए । नेपालमा पाइने वन्यज’न्तुको साटो विदेशी वन्य’जन्तुलाई नोटमा समेटिएकोप्रति उनको आपत्ति थियो । पाण्डेको सो प्रस्ता’वलाई जोशीले पनि एकै झोक्कामा सहमति जनाए ।

जोशीपछि गभर्नर डा. खतिवडा र डेपुुटी गभर्नरले यसमा मञ्जुरी दिएपछि एक हजार रुपैयाँको नोटमा गलत फोटो प्रयोग भएको निश्क’र्ष निकालियो र नेपाली वन्यजन्तुकै फोटो खिचेर राख्ने नि’र्णय भयो । त्यसका लागि फोटो संकलन गर्न डेपुटी गभर्नरको संयोजक’त्वमा समिति नै गठन भएको थियो ।मंसिरताका भएको बैठकले पाण्डेलाई हरेक नोटमा प्रयोग भएका वन्यजन्तुको फोटो खिच्ने जि’म्मेवारी दिएको थियो ।

जि’म्मेवारीपछि आफूले फोटो ग्राफ’रलाई चितवन पठाएर जुम्ल्याहा वन्यजन्तुको फोटो खि’च्न लगाएको पाण्डे बताउँछन् । उनी भन्छन् ‘राष्ट्रिय निकु’ञ्जमा त हरेक वन्यजन्तुको तस्वीर हुन्छ । तर, हजारको नोटमा राख्ने हात्तीका लागि फोटो खिच्न छुट्टै फोटोग्राफर पठाएको थिएँ ।मंसिरमा गठन भएको सो समितिले ६ महिनापछि सबै फोटो राष्ट्र बैङ्कलाई बुझायो । पाँच सय रूपैयाँको नोटमा बा’घको फोटो थियो । तर, त्यो बाघ पनि नेपालमा पाइने बाघ थिएन । त्यसको पु’च्छर साइबे’रियन हिमालमा पाइने बाघको जस्तो थियो ।

शरीरको अगाडि झुप्प परेको भुत्ला पनि नेपालको बाघमा नदेखिनेखालको थियो । पाण्डे भन्छन् ‘त्यो बाघ पनि नेपाली बाघ होइन । त्यसमा रहेको पु’च्छर र भुत्ला’ले त्यो नेपाली बाघ नभएको स्प’ष्ट पा’थ्र्याे । हामीले पाँच सयको नोटमा त्यो पनि परि’वर्तन गर्न सु’झाव दियौं ।राष्ट्र बैङ्कले यो निर्ण’य गर्दा नेपालमा अति दुर्लभ मानिने जुम्ल्या’हा हात्ती जन्मिएको ४÷५ वर्ष भइसकेको थियो । अर्काेतिर, नोटमा प्रयोग गरिएको हात्ती विदेशी पाइएपछि स्वदेशी जु’म्ल्याहा हा’त्तीलाई हजारको नोटमा प्रयोग गर्ने नि’र्णय गरिएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।