विदेश बाट फर्कनेहरू अब सिधै घर जान पाउने, होम क्वारेन्टाइन बस्दा पालना गर्ने पने नियमहरु…पूरा पढ्नुहोस्

नेपाल खबर अन्लाईन : कोभिड–१९ प्रभावित मुलुकबाट स्वदेश फर्किनेहरू आफ्नै घरमा क्वारेन्टाइनमा बस्न पाउने भएका छन् । सरकारले तोकिएको मापद’ण्ड पूरा गरेर घरमै क्वारेन्टाइन बस्न सक्ने गरी ‘होम क्वा’रेन्टाइन’ मापद’ण्ड स्वी’कृत गरेको हो ।

मापद’ण्ड अनुसार १४ दिनसम्म घरमै क्वा’रेन्टाइन बस्न सकिनेछ । स्वास्थ्य मन्त्रालयका सह’प्रवक्ता डा.समीरकुमार अधिकारी भन्छन्, ‘विदेशबाट आएकाले घरमै क्वारे’न्टाइनमा बस्न चाहेमा सम्बन्धित अधिकारीले स्थानीय तहको सहमति र प्रत्यक्ष निगरा’नीमा १४ दिन होम क्वारे’न्टाइनमा पठाउन सक्छ ।

तर सरकारले स्वी’कृत गरेको मापद’ण्ड अनुसारको भौतिक पूर्वाधार भने हुनु जरुरी छ ।’ घरमै क्वारेन्टाइन बस्न हावा खेल्ने र प’र्याप्त प्रकाश आउने छुट्टै कोठा हुनुपर्छ । सकेसम्म स्नान घर/शौचालयको छुट्टै व्यवस्था हुनुपर्छ । सामूहिक शौचालय भए प्रयोगपछि प्रत्येक पटक सं’क्रमण हटाउने रसा’यनले राम्ररी सफा गरेपछि मात्र परिवारका अन्य सदस्यले उपयोग गर्नुपर्छ ।

घरमा समेत अत्यावश्यक अवस्थामा बाहेक सदस्यहरूसँगको भेटघाटमा अनिवार्य रूपले २ मिटरको भौतिक दूरी कायम गर्नैपर्छ,’ डा.अधिकारीका अनुसार सामान्य रूपमा प्रत्यक्ष भेटघाटलाई होम क्वा’रेन्टाइनमा प्रो’त्साहित गरिएको छैन । उनका अनुसार अत्यावश्यक अवस्थामा पनि मिलेसम्म सामाजिक दूरी कायम राखेर भेट्ने र यस्तो बेला दुवै पक्षले मेडिकल मास्क वा कपडाको तीन तह भएको मास्क अनिवार्य रूपमा लगाएकै हुनुपर्छ ।

सकेसम्म घर बाहिर निस्किनु हुँदैन । क्वारेन्टा’इनमा रहनेले समय–समयमा साबुनपानीले हात धुनुपर्छ । ७० प्रतिशत अल्को’हलयुक्त सेनि’टाइजरसमेत प्रयोग गर्न सकिन्छ ।मापद’ण्डअनुसार क्वारेन्टा’इनमा रहनेले अनावश्यक ठाउँ र वस्तुहरू छुनु हुँदैन । विद्यु’तीय माध्यमबाट पैसाको कारोबारलाई प्राथमिकता दिनुपर्छ ।

सकेसम्म आफ्नै आँखा, नाक र मुखलाई समेत नछुन, जथा-भावी नथुक्न, खोक्दा वा हाँच्छिउ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्न सुझाइएको छ । होम क्वारे’न्टाइनमा रहँदा विशेषगरी वृद्धवृद्धा, दी’र्घरो’गी, ग’र्भवती, सुत्के’री लगायतलाई संक्र’मण हुन नदिन उच्च सत’र्कता अपनाउनुपर्छ,’ डा.अधिकारी भन्छन्, ‘क्वा’रेन्टाइनमा बस्नेले उपयोग गर्ने भाँडाहरू राम्ररी सफा गरेर सुकेपछि मात्र पुनः प्रयोग गर्नुपर्छ ।

बेलाबेलामा क्वारेन्टाइन बसेको कोठा र प्रयोग गरिएका सामानलाई सेनि’टाइजसमेत गर्दै जानुपर्छ । बढी प्रयोग हुने ढोका, ह्या’न्डल, टेबुललगायतका साम’ग्रीलाई नियमित रूपमा डिस्इ’न्फेक्टेन्ट प्रयोग गरी सफा गर्नुपर्छ । क्वा’रेन्टाइनमा बस्दा शारीरिक र मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिनुपर्छ ।

यसका लागि योग, व्यायाम, ध्यान, स्वस्थकर मनोरञ्जनका उपायसमेत अपनाउन सकिने मापद’ण्डमा उल्लेख छ । ‘यतिले मात्र हुँदैन,’ डा.अधिकारी थप्छन्, ‘क्वा’रेन्टाइनमा रहनेहरू सम्भावित संक्र’मित हुने भएकाले उनीहरूबाट उत्पन्न फोहोरसमेत संक्र’मणको कारक हुन सक्छ । यसको उचित रूपमा व्यवस्थापन आवश्यक हुन्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।