गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढ्यो- शशांक कोइराला…हेर्नुहोस।

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका का,रण ग,णतन्त्र भन्दा रा,जतन्त्र नै ठीक भन्ने ज,मात बढेको बताएका छन् ।

बीपी कोइराला युवा ने,तृत्व विकास मञ्चले ३८ औं बीपी स्मृ,ति दिवसका अवसरमा अयोजित भर्चुअल कार्यक्रममा बोल्दै डा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए ।

उनले आम नागरिकमा कमसेकम राजा त त,टस्थ हुन्थे भन्ने मानसिकता देखिएको समेत बताए ।

डा कोइरालाले नेपाली कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एक जना मात्र सभापतिको उमेदवार हुने बताए ।

उनले आफूहरुको समुहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पारे ।

कांग्रेसको ने,तृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन हामी भनेर लाग्नुपर्ने बताए । कोइरालाले रा,जनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुने भन्दै अहिलेको अवस्थामा कांग्रेसमा ने,तृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवा इ,तरको पक्ष एक ठाँउ हुनुपर्ने बताए।

उनले कांग्रेसको ने,तृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि बताए । महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आ,रोप लगाए ।

कोइरालाले महाधिवेशन हुनका लागि मात्र ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन भनि प्रश्न समेत गरे ।

कोइरालाले आफूले सभापति देउवालाई सधैँ सहयोग गरेको भन्दै तर सभापति पार्टीमा एकलौटी गर्न नछोडेकाले आफू पनि सभापतिका वि,रुद्धमा लाग्न बाध्य भएको स्पष्ट पारे ।

महामन्त्री कोइरालाले अहिले नेकपासँग प्र,तिष्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताए ।

उनले कांग्रेसलाई एकतावद्ध बनाउनका लागि अहिले ने,तृत्व परिवर्तन आवश्यक रहेको बताए ।

कोइरालाले नेपाली कांग्रेस र मुलुक अब बीपी कोइरालाले देखाएको रा,जनीतिक आर्थिक तथा समाजिक परिवर्तनको बाटोमा हिँड्न आवश्यक रहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर धर्ती, बद्रि पाण्डे गगन थापाले बीपी कोइरालाको योगदानको चर्चा गरेका थिए ।

-देशसंचारबाट

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।