नेपाली सेनाले दार्चुलामा छाङरु जाने बाटो बनाउदै, उक्त बाटो पूरा भएपछी भारतको बाटो प्रयोग गर्नु नपर्ने…हेर्नुहोस् ।

नेपाल खबर अन्लाईन : भारतको बाटो भएर पुनः नेपाल प्रवेश गर्नु पर्ने छाङ’रुका बासिन्दाको बाध्य’ता हटाउनका लागि अहिले नेपाली सेनाले दार्चुलाबाट छाङरुसम्म पुग्ने बाटो बनाइरहेको छ ।

सेनाले गएको जेठ ८ गतेदेखि दुई मिटर चौडाइको घोडेटो बाटो बनाउने काम थालेकोमा अहिलेसम्म २५० मिटरको काम सकिएको नेपाली सेनाका प्र’वक्ता सन्तोष बल्लभ पौडेलले जान’कारी दिएका छन् ।अहिले थप ३० मिटरमा काम भइरहेको उनले बताए ।

कुल ४५० मिटरको सो घोडेटो बाटो अहिलेकै गतिमा काम भयो र मौसमले साथ दिएमा एक महिना भित्र पूरा हुने प्रवक्ता पौडेलले जान’कारी दिए ।छाङरुबाट दार्चुला आउने बाटो नहुँदा स्थानीय बासिन्दा भारतको धार्चुला गएर आउनु पर्ने बा’ध्यता कायम छ । दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र तिंकर गाउँमा कम्तीमा १८० घरपरिवार छन् ।

यो बाटो बनेपछि पैदल यात्राका लागि छाङरुका बासिन्दाले भारतको बाटो प्रयोग गर्नु पर्ने छैन । भौगोलिक रुपले अति कठीन चट्टानयुक्त घाँटीबगर–तिंकर स’डकख’ण्डमा ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले सो भन्दा पहिले स्थानीयका लागि घोडेटो बाटो बनाइरहेको हो । स्थानीय मौरी भिरमा चट्टान र घाँटीबगरमा गएको पहिरोका कारण छाङरुका बासिन्दा नेपाली भू’मि हुँदै सदरमुकाम पुग्न सक्ने अवस्था छैन ।

अबको एक महिनामा घो’डेटो बाटो बन्ने र त्यसपछि सो सम’स्या हट्ने प्र’वक्ता पौडेलले बताए । घोडे’टो बाटो बनाइसेकपछि सेनाले दार्चुला–तिं’कर ख’ण्डको ८७ किलोमिटरमा ट्र’याक खोल्न थाल्ने छ ।नेपाल सरकारले हालै लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नक्सा सार्वजनिक गरेपछि छाङरुमा सुर’क्षा पोस्ट स्थापना भएको थियो ।

यसैबिच देशभर लगातारको वर्षाका कारण बाढी तथा पहिरो गइरहेका परिवेशमा नेपाली सेनाको उ’द्धार तथा राहत टोली आवश्यक परेका ठाउँमा पुग्ने गरी तयारी अवस्थामा रहेको प्रव’क्ता पौडेलले जान’कारी दिए ।प्रशासन, स्थानीय नि’काय सहितका सम्बन्धित नि’कायसँग निरन्तर छलफल भइरहेको र आवश्यकता अनुसार उ’द्धार तथा राहतका लागि ख’टिन तयार रहेको उनले बताए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।