अघिल्लो बर्ष दिएको परिक्षाको नतिजा एक बर्ष बितिसक्दा पनि नआएपछी बिधार्थी को भबिस्य नै अन्यौलमा भयो भन्दै लेखिन शिक्षा मन्त्रीलाई खुल्ला पत्र,,,हेर्नुहोस्।

शिक्षा मन्त्री गिरिराज मणि पोखरेल ज्युलाई खुल्ला पत्र..!!

बिगत चार महिना देखि COVID-19 को का,रणले विश्व लकडाउनमा छ।सबै स्कुल कलेज ब,न्द भएको छ।शिक्षा मन्त्री ज्यु,सबै बिसयमा बोल्न सक्नु भयो तर CTEVT पढ्ने विद्यार्थीहरुको गु,नासो किन बोल्न सक्नु भएन??

परिक्षा र,द्द गर्नु पर्छ भन्ने पक्षमा म छैन किनकी म एक शिक्षित विद्यार्थी हुँ,मलाई राम्रोसङ्ग थाहा छ CTEVT का हरेक faculty हरु मान्छेको जीवनसङै देश बिकाससङ्ग जोडिएका छन।तपाईको नजर SEE दिने भाइबहिनीहरु र ११/१२ पढ्ने साथीहरू तिर मात्र गएकोले

म जस्ता लाखौँ प्राबिधिक शिक्षा पढ्ने विद्यार्थीहरु अत्यन्तै दुखि छौँ।पछिल्लो समयमा आएर अन्लाईन कक्षा पढाउनु भनी बैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको तपाईंको नि,र्णयले तपाईंकोपरिपक्वता माथी म जस्ता लाखौँ विद्यार्थीको प्रश्न चिन्न खडा भएको छ।

विकसित ठाउँका विद्यार्थी मात्र नभइ एकदमै बिकट ठाउँका विद्यार्थीहरु पनि प्राबिधिक शिक्षा पढ्छन यो कहिल्यै नबिर्सिनु मन्त्री ज्यु..!! उनिहरुलाई अनलाइन कक्षा भएको छ भनेर सुचना समेत पुगेको छैन अनि यो कक्षा कसरी सम्भब छ??

के अब अनलाइन कक्षा धनिका छोराछोरीले मात्र पढ्ने हो र??के अब हामी जस्ता गरिब विद्यार्थीहरुको भबिस्य यत्तिकै सकिने हो त??अहिलेको समयमा सबै साथिहरु गाउमा हुनुहुन्छ।गाउमा Wifi हुदैन,डाटा पनि राम्रोसङ्ग चल्दैन।कति साथिहरुसङ्ग त राम्रो मोबाईल पनि छैन।

छोराछोरीलाई डाक्टर,इन्जिनियर….बनाउने सपना बोकेका बाबुआमाले गाउँमा जसो तसो गरि ॠ,ण खोजेर पढ्न पठाएका हुन्छन र उनिहरुले खेती किसान गर्दै व्याज तिर्दै अलि अलि पढाइ खर्च आफ्नो छोराछोरीलाई पठाएका हुन्छन।यो किन बिर्सनु हुन्छ मन्त्री ज्यु??

विद्यार्थीको यस्तो अवस्था देखेर अलिकति पनि आँखा रसाउदैनन हजुरको??अघिल्लो बर्ष दिएको परिक्षाको नतिजा एक बर्ष बितिसक्दा पनि आउदैन।यस बिसयमा तपाईं र CTEVT का पदाधिकारी ज्यु हरु किन कानमा तेल हालेर बस्नु भएको छ??किन मौन हुनुहुन्छ??

यसरी बस्नु भनेको विद्यार्थी माथिको दमन हो,शो,षण हो।यस बिसयमा छिटोभन्दा छिटो ग,म्भीर ध्यानाकर्षण होस र प्राबिधिक शिक्षा पढ्ने लाखौँ विद्यार्थीहरुको भबिस्यको बारेमा सकारात्मक निर्णय छिटो आओस।भोलिका दिनहरुमा पढ्न नपाएर विद्यार्थीले आत्मा ह,त्या गरेको खबर सुन्न नपरोस।पढ्न सबैले पाउनु पर्छ।All students are equal..!!
म बोल्छु✊
#जय चन्द्र सुर्य🇳🇵🇳🇵

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।