प्र.म ओलिले रामको जन्मभुमी ठोरीमा हो भनेपछी, त्यहाँ भगवान रामको मुर्ति स्थापना गर्ने घोषण,साथै सिता गुफाको पनि पुजा गरिएको छ…हेर्नुहोस् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि ठोरीमा पर्छ भन्ने अभि|व्यक्ति दिएपछि च’र्चामा आएको ठोरीस्थित सीता गुफामा विशेष पूजा गरिएको छ । स्थानीयवासीले शनिबार सीता गुफा, वनशक्ति मन्दिर लगायतका शक्तिपि’ठहरुमा कल’शयात्रा सहित विषेश पूजा गरेका हुन् ।

ठोरीकै अमृत धारामा जल भरेर स्थानीयले वन शक्ति मन्दिर प्रदक्षिणा गर्दै सीतागुफासम्म जलयात्रा गरेका थिए । कलश यात्रामा सहभागीहरुले राम र सीताको जयजयकार गरे । उनीहरुले सीता गुफामा पूजा गरेपछि भजनकीर्तन पनि गरे ।गाउँपालिका अध्यक्ष पद’मलाल श्रेष्ठसहितका श्र’द्धालुहरुले भगवान राम र सीता, हनुमान लगायतको वै’दिक मन्त्रोच्चा’रण सहित पूजा अ’र्चना गरेको स्थानीय गोकुली रेग्मीले बताइन् ।

गाउँपालिकाले नै आयोजना गरेको पूजा-अर्चनामा ब्रा’म्हणहरुले वैदिक विधिबाट स्वस्तीवाचन गर्दै सीता गुफा परिसरमा पूजापाठ गरेका उनको भनाइ छ । वर्षौंदेखि हामीले रामनवमीमा पूजापाठ गर्दै आइरहेको क्षेत्र हो । प्रधानमन्त्रीको अभिव्यक्तिमा राम जन्म’भूमिको प्रसंग आयो,’ उनले भनिन्, ‘त्यसैको खुसीयालीमा विशेष पूजा गरेका हौं ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले सीता गुफा क्षेत्रको विकासका लागि प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्नुको साथै र गुफा अगाडि धनुष सहितको भगवान रामको आकर्षक मूर्ति स्थापना गर्ने घो’षणा गरे ।सीता गुफा भएको ठाउँकै वरपर भगवान रामको पनि बसोबास हुनसक्ने सम्भावना बढी छ । ठोरीमा सीता गुफा, अमृत धारा, सीता कु’ण्ड जस्ता ठाउँहरु छन् ।                                   

यी ठाउँहरुले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई आधार प्रदान गर्छ । बाँकी त पुरातत्वविदहरुबाट अनुसन्धान गरिनुपर्छ,’ उनले भने । सीता गुफा वरपरका क्षेत्रको विकासका लागि गाउँपालिका स्तरबाट सम्भव भएसम्मका सबै काम गर्ने र  वृहत् विकासका लागि संघ तथा प्रदेशमा अ’नुरोध गर्ने उनले बताए ।स्थानीय प्रकाश खनालले ठोरीलाई धार्मि’क पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सरकारले पू’र्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।