ओलिले प्रचण्डलाई भने -पार्टी निर्णय किन नमान्नु, भारतले भनेको पो मान्दिँन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ असारपछि सवै वार्ता र सम्वादमा एउटै भाषा बोल्ने गरेका थिए । ‘स्थायी कमिटीका केही हुल्डरहरुले हल्ला मच्चाउँदैमा म प्रधानमन्त्री र पार्टी अध्यक्षबाट रा,जीनामा दिन्न, मलाई हटाउने नि,र्णय गर, त्यसपछि म कदम चाल्छु ।’

१८ असारपछि वालुवाटारमा भएका सवै छलफलमा प्रधानमन्त्री ओलीले यहि शब्द प्रयोग गर्दै आएका थिए । स्थायी कमिटीका ३० भन्दाबढि सदस्यहरुले रा,जीनामा मागेपछि ओलीले पार्टी बहुमतको नि,र्णय नमान्ने बारम्वार चे,तावनी दिदै आएका थिए । तर शुक्रवार उनको बोली एकाएक फेरियो । विहीबार पार्टी केन्द्रीय कमिटीको बै,ठक बोलाउन सहमत भएका ओलीले शुक्रवार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फरक शैलीमा सम्वाद गरेका थिए ।

विहीबार केन्द्रीय समितिको बै,ठक बोलाउन सहमत भएका ओलीले लगतै आफु नि,कटका नेताहरुलाई बालुवाटार बोलाएका थिए । प्रचण्ड निवासमा प्रचण्ड माधव समुहको बैठक चलिरहेका बेला ओलीले बालुवाटारमा आफु नि,कटको भेला बोलाएका थिए । बालुवाटारको भेलाले अहिले केन्द्रीय समितिको बोलाउँदा आत्मघा,ति हुनसक्ने निस्कर्ष निकालेको थियो ।

केन्द्रीय समिति बोलाउँदा र त्यसले लिने नि,र्णय ओलीलाई मान्न बाध्यकारी हुन्थ्यो । विधानसम्म संशोधन गर्न सक्ने केन्द्रीय समितिले ओलीलाई अध्यक्ष पदबाट मुक्त गर्न सक्थ्यो । यही आँकलन गरेपछि ओलीले केन्द्रीय समिति बोलाउन सहमतिबाट पछि हटेर सचिवालय बै,ठक बोलाउने नि,र्णयमा पुगेका हुन् । उता प्रचण्ड -नेपाल समुहले भदौको पहिलो साता केन्द्रीय समितिको बै,ठक बोलाउने नि,र्णय गरिसकेको थियो ।

विहीबार साँझ आफुनि,कटका नेताहरुसँग सल्लाह गरेका ओलीले शुक्रवार विहान प्रचण्डलाई बालुवाटार बोलाएका थिए । ओली र प्रचण्डबीच बालुवाटारमा शुक्रवार पहिलेभन्दा फरक शैलीमा सम्वाद भयो । दुई अध्यक्षको सम्वादपछि शुक्रवार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भयो र सचिवालय बोलाउने सहमति भयो ।

शुक्रवार दुई अध्यक्षको सम्वादमा प्रचण्डले पार्टीको नि,र्णय मान्न ओलीलाई आ,ग्रह गरेका थिए । जवाफमा ओलीले पार्टीको नि,र्णय मान्न आफु तयार भएको बताए । ‘पार्टीको नि,र्णय किन नमान्नु, भारतले भनेको पो मान्दिन त’ , ओलीले प्रचण्डलाई जवाफमा भनेका थिए ।

ओलीले पार्टीको निर्णय मान्न आफु तयार भएको तर निर्णय केन्द्रीय समिति र स्थायी कमिटीभन्दा पहिले सचिवालयको बैठक डाक्ने प्रस्ताव गरे । ‘केन्द्रीय र स्थायी कमिटीमा लिएर किन बिषयबस्तुलाई गिजोल्नु, कसले कहाँ त्याग गर्नुपर्ने हो ? त्यसको समिक्षा सचिवालयमा गरौ’, ओलीले भनेका थिए । त्यसपछि सचिवालयको बैठक आज ३ बजे राखिएको हो ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।