प्रचण्ड बाहेक अरूलाई प्रधानमन्त्री बनाए ओलीले रा जिनामा दिने के यो गर्नु ठिक हो त ?

काठमाडौँ-: प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट रा,जीनामा दिने या नदिने भन्नेमा दुई सातादेखि चलिरहेको नेकपाको वि,वाद तत्काल स,माधान नभएपछि सहमतिको वि,कल्प खोज्न नेताहरूले थप समय लिने भएका छन् । त्यही कारण शुक्रबारका लागि नि,र्धारित स्थायी कमिटी बै,ठक औ,पचारिकताका लागि मात्र बस्नेछ । त्यसपछि अहिलेकै विषयमा छलफल गर्ने गरी केन्द्रीय कमिटी बै,ठक बोलाउने तयारी छ ।

प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालबीच बिहीबार भएको छलफलमा पनि अ,डान यथावत् रहेपछि नेताहरू संवादका लागि थप समय लिने निष्कर्षमा पुगेका हुन् । प्रधानमन्त्री ओलीले असार १४ मा आफ्नो सरकार ह,टाउन भारतीय चलखेल भएको भन्ने अभिव्यक्ति दिएपछि नेकपा बैठकमा उनको रा,जीनामाको माग उठेको थियो । त्यसपछि वि,वाद उत्कर्षमा पुग्यो । वि,वाद झन् चर्किने भएपछि गत असार २४ गते बोलाइएको स्थायी कमिटी बैठक सहमतिका लागि एक साता रोकिएको थियो ।

यो एक सातामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच दुईपटक मात्रै छलफल भयो । बिहीबार तीन नेताबीच ३ घण्टा छलफल चलेको थियो । छलफलमा ओलीले आफू स्थायी कमिटी बैठक फेस गर्न तयार रहेको बताएपछि शुक्रबार एक दिनका लागि चाहिँ बैठक बोलाउने मनस्थितिमा नेताहरू पुगेका छन् । ‘अध्यक्षद्वयबीच सहमति भएको छैन तर शुक्रबारको बैठक स्थगित हुँदैन,’ बैठकमा केहीबेर सहभागी भएका महासचिव विष्णु पौडेलले भने,तीनै जना नेताले मनका कुरा खोलेर राख्नुभएको छ, सहमति खोज्नुपर्छ भन्नेतर्फ तीन जना नै हुनुहुन्छ ।

स्थायी कमिटी बस्नुअघि भोलि (शुक्रबार) बिहान दुई अध्यक्ष बस्नुहुन्छ, उहाँहरूका बीचमा अब कुन मोडालिटीमा कसरी जाने भन्ने छलफल होला ।शीर्ष नेताहरूबीच सहमतिका लागि कम्तीमा १५ दिन थप समय लिनुपर्ने सहमति जुटेको बैठक स्रोतको भनाइ छ । शुक्रबार बैठक राख्ने, कोभिड–१९ नि,यन्त्रण, ल,कडाउनपछि अ,स्तव्यस्त जनजीवनलाई सम्बोधन, बा,ढी प,हिरो क्षेत्रमा कार्यकर्ता परिचालनलगायत विषयको एउटा प्रस्ताव पारित गरेर अलि लामो समयका लागि रोकौं भन्नेमा हामी सचिवालय सदस्यभित्र सहमति जुटिसकेको छ, बैठकसम्बद्ध स्रोतले भन्यो,शुक्रबारको बैठकमा नेताहरू कसरी प्रस्तुत हुनुहुन्छ हेरौं न ।बिनु सुवेदीले कान्तिपुरमा लेखेकी छन् । शुक्रबारको बैठक राखेर केही दिन पर सार्ने प्रस्ताव बिहीबार बिहान अध्यक्ष दाहाल निवास खुमलटारमा ओली पक्षइतरका सचिवालय सदस्यहरूले तयार पारेका थिए ।

हामीले पनि कुनै का,रबाही गरेको जस्तो नदेखिने गरी स,माधान निस्किए हुन्थ्यो भन्ने नै सोचेका छौं । कसैलाई का,रबाही गर्ने या कसैलाई ज,बरजस्ती निकाल्ने भन्ने हाम्रो कुरा होइन,’ दाहाल–नेपाल नि,कट स्रोतले भन्यो,शुक्रबार बै,ठकमा के गर्दा उपयुक्त हुन्छ भन्ने सल्लाह गरेर सबैलाई सहज हुने गरी निर्णय गर्छौं ।ती नेताका अनुसार दुवै पक्ष ‘विन–विन सिच्युएसन’ (जित–जित) मा जाने गरी बैठकलाई केही पर धकेल्ने मनस्थिति बनेको हो ।राष्ट्रपति विद्यादेवी भण्डारी र नेता नेपालबीच केही दिनअघि भएको भेटमा पनि बैठक पर धकेलेर सहमति खोज्ने विषयमा छलफल भएको थियो । उक्त भेटपछि ओलीले प्रधानमन्त्रीबाट रा,जीनामा त दिनुपर्छ तर उनलाई पार्टीले अ,पमान गरेर निकाल्यो भन्ने आभास हुनुहुँदैन भन्नेमा नेता नेपालको जोड रहेको छ ।

स्रोतहरूका अनुसार अध्यक्ष दाहालसँग असार २५ गते भएको भेटमा ओलीपक्षीय नेताहरूले बैठकलाई अलि लामो समय स्थगन गरेर सहमति खोज्न आग्रह गरेका थिए । लगत्तै दाहाल एक साता बैठक रोकेर चितवन गए । फर्किएपछि ओलीसँग भएको पहिलो भेट ए,जेन्डामै प्रवेश नगरी सकियो भने दोस्रो पटक एक्लाएक्लै भएको भेटमा दुवै अडानमा यथावत् रहे । नेपालसहित भएको बिहीबारको भेट पनि त्यति प्रिय नभएको बैठक सम्बद्ध स्रोतको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले रा,जीनामा दिनुपर्ने अ,डान यथावत् रहेको बताए । प्रचण्डजी र माधव नेपालजीसँग बस्दा पनि प्रधानमन्त्रीजीले आफूले दुवै पदबाट रा,जीनामा नदिने पुरानो कुरा दोहोर्‍याउनुभएछ,उनले भने,अहिलेसम्म प्रधानमन्त्रीलाई आग्रह गरिएको हो । मान्नुभएन भने पार्टी उपयुक्त निर्णय गर्न बाध्य हुनेछ । अहिलेसम्म धैर्यतापूर्वक पर्खिएर उहाँलाई बाटो देखाउने काम गरिएको छ । अब पार्टीले नै निकास दिनुपर्ने हो भने पार्टीले सोच्छ ।खुमलटार भेलामा पार्टीलाई राम्रो ढंगले रूपान्तरण गर्ने, बैठक अघि बढाउने, संकटबाट पार्टीलाई चाँडै मुक्त गर्नेलगायत विषयमा कुराकानी भएको उनले जानकारी दिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।