सरकारले सीमामा सेना खटाउने तयारी, कहिले बाट खाटाइदैछ त ? हेर्नुहोस् ।

काठमाडौं : सरकारले अन्तर्रा’ष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्रा’ष्ट्रिय सीमा नाकामा ख’टाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो ।

स्रोतका अनुसार सेनालाई सीमामा खटाउन आवश्यक पर्ने नीतिगत विषयको तयारीमा रक्षा मन्त्रालय जु’टेको छ । सो रण’नीतिलाई अबको तीन आर्थिक वर्षमा कार्यान्वयन गरिने मन्त्रालयले लिएको छ ।‘अहिले स’शस्त्र प्रह’रीलाई सीमा सुरक्षाको मुख्य जिम्मे’वारी छ ।

अब नेपाली सेनालाई सीमाको सुरक्षाको जिम्मेवारी दिने गरी नीतिगत तहका काम अघि बढाइँदै छ,’ स्रोतले भन्यो ।
राष्ट्रिय यो’जना आयोगले समेत आगामी तीन वर्षको मध्यकालीन ख’र्च संरच’नामा नेपाली सेनालाई अन्त’र्राष्ट्रिय सीमाको सुरक्षामा सहभागी गराउने विषय समेटेको बताइन्छ ।

सो दस्ता’वेजमा नेपाली सेनालाई मुलुकको अन्त’र्राष्ट्रिय सिमानाको सु’रक्षा, नदी, खानी, वनजंगल र प्र’कृति संरक्षण कार्यमा सहभागी गराउने तथा ठूला एवं र’णनीतिक महत्त्वका विकास आयोजनाको सम्भा’व्यता अध्ययन गर्दा राज्यको सुर’क्षामा पर्ने प्रभा’वबारे सुरक्षा प्र’भाव मूल्यां¥कन गर्नुपर्ने व्यवस्था गर्ने भनिएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले सीमामा सेनालाई खटाउनेबारे नीतिगत तयारी भइरहेको बताए । सीमामा सेनालाई ख’टाउने विषयमा नी’तिगत रूपमा तयारी भइरहेको छ, त्यसका लागि सुरक्षा नीति र प्रतिरक्षा नीति पनि त्यहीअनुसार हुनुपर्छ, कार्ययोजना बनाइँदै छ,’ रक्षा मन्त्रालयका प्रवक्ता सुनारले राजधानीसँग भने ।

नेपाली सेनाले भने सीमामा सेनालाई खटाइने विषयको तयारीबारे अन’विज्ञता प्र’कट गरेको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेनालाई सीमा सुरक्षाको जि’म्मेवारी दिने गरी बन्दै गरेको कार्य’योजनाबारे जान’कारी नभएको बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।