भोलिदेखि साझा यातायात सञ्चालन हुने…हेर्नुहोस् । सेयर गरौ !

काठमाडाैँ : सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा शुरु गर्ने भएको छ ।साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधि’कांश रु’टमा से’वा शुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस स’ञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताए ।

बसका कर्मचारी र या’त्रु दुवैले आवश्यक सु’रक्षाप्रति स’र्तक हुने गरी बस स’ञ्चालन गर्न लागिएको छ । उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा मा’क्स लगाउने, से’नेटाइजरको प्रयोग गर्ने र सामाजिक दुू’री कायम गर्नेसँगै खुद्रा पैसा बो’कर मात्रै बसमा यात्रा गर्नुपर्छ ।

उनले भने, “बसका कर्मचारीले पनि मा’क्स, पञ्जा र से’नेटाइजरको व्यवस्था गरिएको छ ।”पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको साझाले जनाएको छ । पहिले थोरै बसबाट शुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले बताए ।सरकारले तो’केअनुसार नै भाडा लिइनेछ ।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो ।यातायात व्यवस्था विभागले औ’पचारिक रुपमा पत्र नदिएकाले सेवा शुरु गर्न नसकेकामा पत्र प्राप्त भएसँगै शुरु गरिएको हो ।

उनले भने, “आगामी दिनमा आवश्यकतानुसार सेवा वि’स्तार हुनेछ ।”विसं २०१९ सालबाट बस सेवा शुरु गरेको संस्थाले विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो । विभिन्न स’मस्याका कारण विसं २०६४ मा अवरु’द्ध सेवा विसं २०७० मा पुनः स्थापित भएको हो ।

काठमाडौँ उपत्यकामा १० रुट रहेकोमा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ । संस्थाले काठमाडौँ उपत्यकामा अ’पाङ्तामैत्री से’मी लो फ्लो’र बस सञ्चालनमा ल्याएको छ ।रासस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।