ओलीले दावी गरेको पर्साको ठोरीमा राम र सीताका प्राचीन अवशेष अझै सुरक्षित…हेर्नुहोस।

बीरगञ्ज प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या पर्सा जिल्लाको ठोरीमा पर्छ, भनेर अभिव्यक्ति दिएसँगै नेपाल र भारत दुवै देशमा खै,लाबैला म,च्चिएको छ ।

प्रधानमन्त्री ओलीले सीतालाई भारतीय राजकुमारलाई नभई नेपालकै अयोध्याका राजकुमार रामलाई दिइएको हो, भन्ने अभिव्यक्ति दिएसँगै यतिबेला नयाँ वि,वाद मात्र सुरु भएको छैन, यसले राम भूमि अयोध्याको बिषयमा समेत थप अ,नुसन्धान हुनुपर्ने कुरालाई अघि सारेको छ ।

यसैबीचमा पर्साको ठोरी गाउँपालिका–५ स्थित ठोरी भन्सार टोलदेखि पश्चिम दक्षिणतर्फ रहेको सुमेरु पर्वतमा सीताको गुफा तथा केही प्राचीन अवशेषहरु भेटिएका छन् ।ठोरी भन्सार टोल नजिकैबाट बगेको ठुटे खोलासँगै जोडिएको ठूल्ठूला चट्टानसहितको सुमेरु पर्वतको बीच भागमा सीताको प्राचीन गुफा भेटिएको हो । गुफासँगै सीताले त्यहाँ तपस्या गर्ने क्रममा विताएका दिनहरुको बखत रहेका कुण्ड, प्राचीन घडा, प्राचीन शिवलिंग लगायतका अवशेषहरु भेटिएका हुन् ।

माता सीता जनकपुरबाट पर्साको ठोरीमा आएर त्यही गुफामा रही तपस्या गर्ने गरेकी र सोही क्रममा पूजा गर्नका लागि ढुँगाको ठूलो चट्टानमा आफैले बनाएकी शिवलिंगको अ,वशेष भेटिएको हो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।