भारतीय सुरक्षाकर्मीले कालापानिमा रहेका स्थानीय नेपाली वासिन्दालाई समेत हिंड्न् दिएनन् …हेर्नुहोस् ।

दार्चुला : व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवत-जावत गर्न भारतले रोक लगाएको छ। विगतमा कालापानी मुहान नजिकैसम्म आवत-जावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन।नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तै’नाथी बढाएको छ।

पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेक’बार लगाएको छ। कालापानीसम्म नेपालका सुरक्षाक’र्मीले समेत जान पाएका छैनन्। व्यासको गागामा रहेका स’शस्त्र प्र’हरी र नेपाल प्रह’रीले काली म’न्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाक’र्मीले अवरोध गरेका छन्।महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाक’र्मीलाई भारतीय सुरक्षाक’र्मीले रो’केका हुन्। स्थानीयवासी यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन।

चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ। यो क्षे’त्रमा दैनिक सयौँ गाडीमा सुरक्षाकर्मी पुर्‍याइएको छ। व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाक’र्मीले महाकालीको मुहानसम्म जान रो’क लगाएको छ।

बिना हतियार त्यहाँसम्म जान दिन आग्रह गर्‍यौँ,’ ती सुरक्षाकर्मीले भने, तर उनीहरुले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके।’ नेपालका सुरक्षाकर्मी कौवा क्षे’त्रमा जाने’बित्तिकै भारतपट्टिबाट सुरक्षाक’र्मीले रे’की गर्छन्। गस्ती गरेकोबारे उनीहरुले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन्। कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (स’शस्त्र सीमा बल) ले रोक्ने गरेको छ। पहिलो घेरामा एसएसबी तैनाथ छन्।

सशस्त्र प्रहरी गस्ती टोलीको ने’तृत्व प्र’हरी निरीक्षक लिलीबहादुर चन्दले गरेर त्यो क्षेत्रमा जाँदा भारतीय एसएसबीले फ’र्काएको थियो। माथिल्लो कौवा क्षेत्रसम्म पनि स्थानीयवासी अहिले जानलाई डराउने गरेका छन्। आफ्नै भूमि भएर जान पनि स्थानीयवासीमा अहिले त्रा’स छ।कालापानी क्षेत्रमा पुगेका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाक’र्मीलाई यो क्षेत्रमा आवत-जावत गर्न नदिनु दुःखद् भएको बताए।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन्। गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षे’त्रबाट देख्न सकिन्छ। तर कुटी देखिँदैन। पु’रानो नक्साअनुसार ६२ वर्ग’किलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन। खाती भन्छन्‌, ‘नयाँ भू’मिमा पुग्न त कहाँ हो कहाँ, पुरानै भूगोलसम्म पनि भारतले अव’रोध गरेको देख्दा नरमाइलो लाग्छ।

छाङ्गरुका स्थानीयवासीका अनुसार काठमाडौँमा राष्ट्रि’यताको नारा लाग्दा यो क्षेत्रका नागरिकले बढी समस्या झेल्छन्। स्थानीय पुष्कर बोहरा भन्छन्‌, ‘जति काठमाडौँमा रा’ष्ट्रियताको नारा लगाउँदै कालापानी हाम्रो भू’मि हो भन्दै जान्छौँ त्यति भारतीय सुरक्षाकर्मीले यो क्षेत्रमा मजबुत उपस्थित जनाउँदै नेपालीलाई यो क्षेत्रमा हिँड्डु’ल गर्नमा समस्या गर्छ।वि’गतमा नेपालका सुरक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षे’त्रको दक्षि’णी किनारासम्म आवत-जावत गर्ने गर्थे।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।