प्र.म केपि ओलिले लिए अर्को कदम पशुपति बाट भारतीय पुजारी हटाउने अब नेपाली पुजारी हुने…हेर्नुहोस् ! सेयर गरौ ।

काठमाडौँ : नेपाल-भारत द्व¥न्द उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा भारतले नेपालमाथि ‘संस्कृ’तिक अ’तिक्रमण’ गरेको भनेर अभिव्यक्ती दिएसँगै बौद्धिकहरु बीच श्रीपशुपतिनाथ मन्दिरमा हात हाल्न खोजेको हो कि भन्ने संशय उत्पन्न भएको छ।

त्यसमाथि नेकपाका नेता का’र्यकर्ताहरुले सामाजिक सञ्जालमा पशुपतिनाथबाट भारतीय भट्ट हटाउने सहि समय आएको भन्न थाले पछि त्यो आ’शंकालाई बल पुगेको छ। भने केहिँ अनलाइनहरुले ओलीको अबको रण’नीति पशुपतिनाथका भट्ट लक्षित हुने भन्दै समाचार समप्रेषण गरेका छन्।

एक नेकपा स्थाइ कमिटी सदस्यका अनुसार लिम्पियाधुराको विषयमा भारत मौन बसी रहे पशुपतिनाथमा पनि हात हाल्न उनका निक’टतम सहयोगीहरुले सु’झाई रहेका छन्। स्रोत भन्छ, त्यस्तो सुझाव आए पनि ओली त्यस कुरामा मौन छन्।
उनले भने, ‘भारतसँग लड्ने बेलामा नेपालीहरुको आस्थाको के’न्द्रविन्दुमा हस्त’क्षेप गर्न हुदैन भन्ने लागेर हो कि तत्कालिन नेकपा मा’ओवादीको सरकारको चाल हुन्छ भन्ने ठानेर हो उहाँ यी कुरा सुन्नुहुन्छ मात्र, बोल्नु हुदैन!’

स्मरणीय छ, पहिलो संविधान सभाको चुनावबाट सबै भन्दा ठूलो दल बनेको जनयु’द्दबाट भर्खरै रा’ष्ट्रिय राजनीतिको मूलधारमा आएको तत्कालिन नेकपा मा’ओवादीको सरकारले नेपाली भट्ट नि’युक्त गरेपछि निक्कै आ’लोचित भएको थियो। र, उक्त नियुक्ती सरकार ढल्नुको एक कारण बनेको थियो।

७ दिन पनि टिक्न नसकेको त्यो नि’र्णय ०६५ पुस १३ गते नेपालको इतिहासमा एक विशेष घटना घ’ट्यो– गण’तन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संरक्षक रहेको पशुपतिनाथ क्षे’त्र विकास कोष सञ्चालक परिषद्ले पशुपतिनाथका चारमुखमध्ये उत्तरमुख वामदेवको पूजा गर्न नेपाली भट्ट डा. विष्णु दहाललाई नि’युक्त ग¥र्‍यो। उनको नियुक्ति सात दिन पनि टि’क्न सकेन। ०६५ पुस २३ गते सरकार आफ्नो नि’र्णयबाट पछि हट्यो।

उक्त घ’टनाले नेपालको कार्यकारी प्रधानमन्त्रीको सिं’हासन’लाई समेत डग्मगाइदियो ।त्यसको तीन महिनापछि प्रचण्ड ने’तृत्वको सरकार ढ’ल्यो। पशुपतिबाट सुरु भएको विवाद सेनापति र रा’ष्ट्रपतिमा टुंगियो। त्यसैले त नेकपाका अध्यक्ष रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले उनै दाहालद्वारा लिखित ‘पशुपतिमा सात दिन’ पुस्तक प्रज्ञा’भवनमा लो’कार्पण गर्दै प्रचण्डले भनेका थिए, ‘म पशुपतिको बारेमा कुरा गर्न पनि झ’स्किन्छु ।

राष्ट्र’पतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, से’नापतिको बारेमा कुरा गर्नप¥र्‍यो भने पनि झस्किन्छु । तर, कुरा के प्र’ष्टै हो भने चाहे पशुपति, चाहे रा’ष्ट्रपति चाहे सेनापति तीनटैमा मैले नेपाली जनताको भाबनालाई, नेपाल राष्ट्रको आवश्यकतालाई स’म्बोधन गर्ने जमर्को गरेको थिएँ । हुनसक्छ मैले धेरै ढंग पु¥र्‍याउन सकिन होला अहिले फर्केर हेर्दा । तर मेरो पबित्र भावना थियो ।’

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।