प्रधानमन्त्री केपि ओलिले सिधै दिल्लीसंग वार्ता गर्ने हो भन्दै , आफुसंगभारतीय राजदुतलाई भेट्न दिएनन्…हेर्नुहोस !

नेपाल र भारतबीच देखिएको सी,सा स,मस्या स,माधानका लागि वार्ता हुन सकिरहेको छैन । गत नोभेम्बर २ मा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित नेपाली भू,मि समेटेर भारतले आफ्नो रा,जनीतिक तथा प्र,शासनिक नक्सा अ,द्यावधिक गर्दै जारी गरेपछि दुई देशबीच सी,मा वि,वाद बढेको हो ।त्यस यता नेपालले बारम्बार वार्ताका लागि प,हल गर्दा भारतले बे,वास्ता गर्दै आयो । नक्सा जारी गरेको ६ महिनापछि गत मे ८ मा भारतले धार्चुलाबाट नेपालको लिपिम्याधुरा, कालापानी र लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने बाटोको उद्घाटन गर्यो । यसपछि नेपाल र भारतबीच सम्बन्धमा ट,कराव बढिरहेको छ ।

वार्तामा बस्न नचाहने, तर नेपालको सा,र्वभौमसत्ता र भौ,गोलिक अ,खण्डता वि,रुद्धको कार्य गर्न थालेपछि नेपालले पनि सोहीअनुसार आफ्नो कदम अघि बढायो । मे १८ मा बसेको मन्त्रिपरिषद् बै,ठकको नि,र्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा ग,रिबी नि,वारण मन्त्रालयले लिम्पिाधुरा, कालापानी र लिपुलेकलाई समेटेर मुलुकको रा,जनीतिक तथा प्र,शासनिक नक्सा अ,द्यावधिक गर्दै जारी गर्‍यो । नेपालले नयाँ नक्सा जारी गर्ने थाहा पाएपछि भारतले रो,क्ने प्रयास गरिरहेको थियो ।

भारतको अ,वरोधलाई झेल्दै नेपाल सरकारले नक्सा जारी गरेको बालुवाटार उच्चस्रोतले जनाएको छ । नक्सा जारी भएसँगै नेपालको संविधानको अंग बनाउन संसदमा दर्ता गरिएको नेपालको संविधान दोस्रो संशोधन वि,धेयक पा,रित हुनबाट रोक्ने भारतको प्रयास असफल भयो । यसबीचमा काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राको सक्रियता बढेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने उनको चाहना पनि पूरा हुन पाएन ।

प्रधानमन्त्री ओलीले राजदूतसँग नभएर दिल्ली सरकारसँग आफूले छलफल गर्ने ज,वाफ दिएको बालुवाटार उच्च स्रोतको भनाइ छ । स्रोतकाअनुसार वार्तामा बस्न नचाहेर नक्सा जारी गर्नेदेखि बाटोसमेत उद्घाटन गर्ने भारतको कदमप्रति दिल्ली सरकारसँग प्रधानमन्त्री ओली रुष्ट बनेका छन् ।राजदूत क्वात्राले भेट्न समय माग्दा प्रधानमन्त्री ओलीले आफू राजदूतसँग नभएर भारत सरकारसँग छलफल गर्ने ज,वाफ दिएका स्रोतको दा,वी छ ।

आफूसँग भेट गर्न समय नदिएका ओलीले राजदूत क्वात्रालाई आफ्ना प्रतिनिधिसँग भेट गर्न ज,वाफ दिएका थिए । तत् पश्चात प्रधानमन्त्री ओलीका प्रतिनिधि बनेर पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा लैनचौरस्थित भारतीय राजदूतावास पुगेका थिए ।लैनचौरस्थित दूतावास पुगेका बाँस्कोटालाई राजदूत क्वात्राले नक्सा सम्बन्धी विधेयक संसदबाट पारित नगर्न आग्रह गरेका थिए । यसलाई अस्वीकार गर्दै बाँस्कोटाले संविधान संशोधन हुने जानकारी गराए । साथै भारत सरकार नेपालसँग वार्ता गर्न तयार हुनुपर्ने बाँस्कोटाको माग थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।