“प्रधानमन्त्री ओलीको लोकप्रियताबाट देशी विदेशी तत्वहरु अत्तालिए”…हेर्नुहोस।

गैँडाकोट ,२७ असार – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी सं,गठन अनेरास्ववियूका संयोजक ऐन महरले पार्टि एकतालाई भत्काउने ष,डयन्त्र भैरहेको भन्दै ख,वरदारी गर्न युवा तथा विद्यार्थीहरुलाई नि,र्देशन दिएका छन ।

पुर्वि नवलपरासीको गैँडाकोटमा शनिवार दिउसो राष्ट्रिय युवासंघ तथा अनेरास्ववियूका कार्यकर्ता सँगको भेटघाटका क्रममा संयोजक महरले देशी विदेशी शक्तिहरु प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयताबाट आत्तिएको बताए ।

उनले विकास र समृद्धिको यात्रामा मुलुक अगाडी बढिरहेको बताउँदै प्रधानमन्त्री ओलीको रा,जीनामा माग्नु कुनै पनि हा,लतमा जायज नहुने बताए । संयोजक महरले देशव्यापी रुपमा युवा तथा विद्यार्थीहरु पार्टि एकताका पक्षमा उभिएको बताउँदै प्रधानमन्त्री ओलीको वि,कल्प खो,जिए मुलुक दुर्घ टनामा जाने चेता वनी दिए ।

सो अवसरमा राष्ट्रिय युवासंघका नेता रमेश आचार्यले देशको विकासका लागी प्रधानमन्त्रीको ओलीको वि,कल्प नखोज्न आग्रह गर्दै नेकपाका नेताहरुविच आन्तरिक छलफलबबाटै स,मस्याको समाधान खोज्नुपर्ने बताए ।

केहि दिनका लागी स्थायी कमिटि रोकिएको भन्दै दुई अध्यक्ष विचको मसिनो छलफलले निकास निस्कने विश्वास ब्यक्त गरे । कार्यक्रममा अनेरास्ववियूका नेताहरु सुनिता बराल, महेश बर्तौला, प्रताप डल्लाकोटी, राष्ट्रिय युवासंघ नवलपुरका संयोजक कृष्ण कडेल सहित चितवन र नवलपुर क्षेत्रका युवा तथा विद्यार्थी नेताहरुको सहभागिता थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।