अष्ट्रेलियाको ‘न्यू साउथ वेल्स’मा तनहुँका युवाले खोले प्राबिधिक कलेज…हेर्नुहोस् ।

दमौली : अष्ट्रेलियाको ‘न्यू साउथ वेल्स’ मा नेपाली युवाले कलेज खोलेका छन् । तनहुँका युवा सागर लोहनीको लगानीमा खोलिएको प्राबिधिक कलेज ‘ईन्टरने’शनल ईन्स्टिच्युट अफ एजुकेसन’को अस्ट्रेलियाका पूर्व यातायातरप’र्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन् ।

उद्घा’टन मन्तव्यमा बैर्डले नेपाली युवाहरुको लगानीले गौर’वान्वित बनाएको बताउँदै सफलताको शुभकामना दिए । बैर्डले दस बर्ष देखि सङ्गतको आधारमा संस्थापक लोहनीको नेतृ’त्वमा कलेजले धेरै प्रगती गर्ने बिश्वास व्यक्त गरे ।

उक्त कलेजमा चाइल्ड केयर, इन्फ’र्मेसन टेक्नो’लोजी, अका’उन्टिङ, ब्यवस्थापन र टेलि’कम्युनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए। प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ ।

अधि’कांश विद्यार्थीको काम र पढाइबीच सामान्जस्य नभएको सन्द’र्भमा यस खाले प्राबिधिक बिषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए ।

हालसालैका वर्षहरूमा अष्ट्रेलिया सरकारले आवासीय मापद’ण्डमा धेरै परि’वर्तन गरेको छ । प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आ’कर्षण रहने लोहोनिको भनाइ छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।