प्रधानमन्त्रीको प्रतिरक्षाका लागि जनता स्वःस्फूर्त सडकमा आएका हुन् मैले बोलाएको हैन :प्रधानमन्त्री ओली…हेर्नुहोस।

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउका लागि नागरिक स्वःस्फूर्त सडकमा आएको बताएका छन् । बुधबार बालुवाटारमा दुई अध्यक्षबीचको भेटवार्तामा पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई सडकको प्र,दर्शन रोक्न भनेका थिए ।प्रचण्डले पार्टी महासचिवल विष्णु पौडेलसमेतलाई नि,र्देशन दिएका थिए ।

तर, तीन बजेको प्र,दर्शन नरोकिएपछि साँ,झ भएको भेटवार्तामा प्रचण्डले सडकको प्र,दर्शनले राम्रो सन्देश नजाने भन्दै यसो नगर्न सुझाएका थिए । जवाफमा ओलीले आफूले सडकमा उ,त्रन नि,र्देशन नदिएको र स्वःस्फूर्त प्र,दर्शन भएको बताएको बालुवाटार निकट स्रोतले जानकारी दिए

मैले कसैलाई सडकमा उत्रन भनेको छैन । प्रधानमन्त्री हटाउन खोजेपछि नागरिकहरू सडकमा सरकारको बचाउका लागि आउनु स्वाभाविकै हो । यसलाई स्वःस्फूर्त आ,न्दोलनका रूपमा बुझ्नुपर्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।ओलीलाई सरकारबाट हटाउन खोजिएको भन्दै पार्टीका जनसङ्गठनका नेता कार्यकर्ताले सडकमा प्र,दर्शन गरेका थिए ।

अनेरास्ववियू र राष्ट्रिय युवा सङ्गठनका नेता कार्यकर्ताले सडक प्रदर्शनको तयारी गरेपछि पार्टीका नेताहरूले रोक्ने द,बाब दिएका थिए । पार्टीभित्र संवाद, सहमतिको प्रयास भइरहेका बेला सडक प्र,दर्शनले राम्रो सन्देश नजाने नेताहरूको भनाइ थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।