प्रधानमन्त्री ओलीलाई प्रदर्शन रोक्न अध्यक्ष दाहालको आग्रह…हेर्नुहोस् ।

काठमाडौ : नेपाल कम्यु’निष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मुलुकका विभिन्न ठाउँमा दिनहुँजस्तो प्रदर्शन हुन थालेको छ ।

यसैबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले उक्त प्रदर्शन रोक्न अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आ’ग्रह गर्नुभएको छ । दुई अध्यक्षबीच आज (बुधबार) भएको भे’टवार्तामा अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको समर्थनमा स’डकमा भइरहेको प्र’दर्शन रोक्न आ’ग्रह गनुभएको हो ।

जान’कारी अनुसार यस अगाडि नै अध्यक्ष दाहालले आज विहानै महासचिव विष्णु पौडेललाई फोन गरेर प्र’दर्शन रोक्न भन्नुभएको थियो । तर, प्रधानमन्त्री ओली सहमत नभएका कारण पौडेलले सर्कुलर जारी नगर्नुभएको हो ।

आजको भेटवा’र्तामा कुनै निष्कर्ष ननिस्केको कारण भोलि पनि दुई अध्यक्षबीच पुनः छलफल हुने जा’नकारी गराइएको छ । सत्ता’रुढ नेकपाभित्र जारी विवाद समाधानको लागि दुई अध्यक्षबीच छलफल भएको हो ।

उक्त विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि स्थगित गरिएको छ । स्थायी कमिटी सदस्यहरूले ओलीले पार्टी अध्यक्ष र सरकारको ने’तृत्व दुवैबाट राजीनामा गर्न माग गरेका थिए । तर, ओलीले कुनै पनि हालतमा दुवै ‘पदबाट राजी’नामा नदिने अ’डान राख्दै आउनु भएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।