देश यो अवस्थामा हुदाँ राजिनामा माग्ने सबै राष्ट्र-घाती हुन – प्रधानमन्त्री ओलि !

काठमाडौ : प्रधानमन्त्री र पाटी कार्यालयमा के’न्द्रीय नेताहरु धर्ना बस्नु र आफ्नै गुटका भनिएका मन्त्री र स्थायी कमिटीका केहि सदस्यले ओली हटाउन नहुने तर्क गर्न थालेपछि प्रचण्ड–माधव गुट हिस्स परेको छ। यतिबेला सड’कमा ओलीलाई राष्ट्र’वादी र उनको रा’जीनामा माग्नेहरु भारतीय द’लाल भन्ने नारा लागिरहेको छ ।

प्रचण्ड–माधव समूहले मन्त्री र पार्टी स्थायी कमिटिका केही सदस्य समेत ओलीतिरै गएको आशंका गर्न थालेका छन्। बैठकमा ओलीको आ’लोचना गरेपनि कुनै पद पाउने आशमा केही नेता भित्रभित्रै ओलीसँग नै मिलेको प्रचण्ड–माधव गुटको बुझाई छ।

मन्त्री घनश्याम भुसाल, योगेश भट्टराई, लेखराज भट्टसहित टोपबहादुर रायमाझी, प्रभु शाह, देवेन्द्र पौडेल ओलीसँग पनि भेटघाटमा रहेको दाबी गरिएको छ।यता ओली–प्रचण्डको ३ घण्टा लामो भेटघाटमा पनि ओलीले आफु कुनै पद छाड्न तयार नभएको र जे सक्नुहुन्छ गर्नुस् भनेर प्रचण्डलाई पठाइदिएको ओली नि’कट स्रो’तको भनाई छ।

‘तपाईंहरुको सबै फण्डा थाहा छ, माधवजी भोगेकै मान्छे हो,तपाईं पनि माओवादीमा हुँदा के–के गरेर आउनुभयो बुझेकै छु। यो बेला म राजीनामा दिन्नँ, तपाईंहरुलाई जे गर्दा सजिलो हुन्छ गर्नुस,प्रधानमन्त्रीले प्रचण्डलाई जवाफ दिएको स्रो’तले बताएको छ।प्रधानमन्त्रीको कुरा सुनिसकेपछि प्रचण्डले पनि ‘पुराना कुरा खोतल्यो भने तपाईको, मेरो, अरुको सबै

छर्लङ्ग हुन्छ अहिले त्यतातिर नजाऔं, अहिले तपाईंले अलि संयम भैदिनुप¥र्‍यो, नत्र पार्टी एकता जोगाउन मु’स्किल हुने देख्दैछु’ भनेर बाहिरएिको स्रोतको दा’वी छ। ओलीसँगको भेटपछी प्रचण्ड-माधव गुटमा त’रङ्ग पैदा भएको र अब ओलीको राजी’नामा मागिरहँदा बाहिर कार्य’कर्तामा पनि

नकारा’त्मक असर पर्ने भएकोले अन्य ए’जेण्डाको खोजी गरिएको छ। ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा अनेक अर्थ लाग्ने भएकोले पार्टी अध्यक्षबाट मात्रै भएपनि रा’जीनामा गर्न लगाउने र त्यो पनि नभए महाधिवेशनबारे कुरा मोडेर भएपनि पछि हट्ने अवस्थामा प्रचण्ड–माधव गुट पुगेको स्रो’तको दा’वी छ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।