भुटानी राजा भन्छन म नेपालको प्रसूति गृहमा जन्मेको हुँ मेरो घनिष्ट सम्बन्ध छ…हेर्नुहोस् ।

भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । भुटानका लागि गैर आवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।

नेपाल र नेपाली जनतासँग मेरो निकट सम्बन्ध छ । भावनात्मक सम्बन्ध छ । किनकी म नेपालमा जन्मेको हो’, राजाको भनाई उद्धृत गर्दै राजदूत आचार्यले भने । राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृ’तिक सम्बन्ध रहेको र दुबै देश भूप’रिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । साथै नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो ।

राजा जिग्मेसँगको भेटमा राजदूत आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीको मित्रता सन्देश सुनाएका थिए । आचार्यले उच्चस्तरीय भ्रमणको आदानप्रदान सहित दुबै देशका मैत्री सम्बन्धहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए ।

राजदूत आचार्यले भुटानी प्रधानमन्त्री डा. लोटे टिसिरिङ्गसँग पनि भेट गरेका थिए । भेटमा नेपाल र भुटानको ऐतिहासिक सांस्कृ’तिक समानता तथा नेपाल सरकारकाे भ्रमण वर्ष २०२० काे प्र’वर्द्धन बारे छलफल भएको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।