ओली सरकार अर्को सफलताको नजिक : मेलम्चीको सुरुङमा हालियो पानी…हेर्नुहोस।

काठमाडौंँँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा प,रीक्षणका लागि पानी हालिएको छ । आज बिहान करिब नौ बजेतिर मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ ।

काठमाडौँतर्फ पानी जाने सुरुङ ब,न्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी प,रीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर प,रीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर सुरूङ मेलम्ची खानेपानी आयोजनाको लागि तयार गरिएको छ। पुरै सुरूङ भर्नका लागि २० दिन लाग्नेछ । मेलम्चीको मुख्य सुरुङमा पानी हालेर प,रीक्षण गरिएको आयोजनाका कार्यकारी नि,र्देशक रितेशप्रसाद खत्रीको भनाइ छ । यसबारे विस्तृतमा अ,पराह्न मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने बताइएको छ ।

सुरूङमा पानी भित्र्याउनको लागि स्थायी डाइभर्सन निर्माणको काम भने धमाधम भइरहेको छ। वर्षायाम अगाडि नै स्थायी डाइभर्सन बनाइसक्ने आयोजनाको लक्ष्य भए पनि चैत ११ गतेबाट भएको ल,कडाउनको का,रण खानेपानी आयोजनाको काम प्रभावित भएको थियो। सरकारले आगामी आर्थिक वर्ष २०७७-०७८ को पहिलो महिनाबाटै काठमाडौंमा पानी वि,तरण गर्ने भनेको छ

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।