असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने…हेर्नुहोस् ।

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको ब’न्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।
यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रो’केर व्यवसायी र मजदुरप्रति सरकार ग’म्भीर नभएको महासङ्घको आरोप छ ।सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अ’ल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋ’णको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रो’कियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।

उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आ’न्दोलन स्थ’गित गरेका छन् । तीन महिनाभन्दा बढी समय ब’न्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गु’जारा चलाउन समेत स’मस्या भएको भन्दै ट्याक्सी लिएर स’डकमा आएका थिए ।

ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।२१ गतेपछि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आफूहरूले २१ गतेसम्म आ’न्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिए ।

को’रोना भाइ’रसको सावधानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अ’नुरोध गरे पनि ’बेवास्ता गरेपछि सडकमै आउनु परेको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।