प्रधानमन्त्री ओलीको समर्थनमा भक्तपुरमा युवाहरुको व्यापक प्रदर्शन…हेर्नुहोस् ।

भक्तपुर : शुक्रवार बिहान भक्तपुरको सुर्यबिनायक चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रद’र्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाईदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

सत्ता’रुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका अ’वस्थामा सडकमा युवाहरु प्रधानमन्त्री ओलीको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

युवाहरुको समूहले सूर्यबिनायक चोकमा देश र जनातासँग मत माग्दा स्थायी सरकार बनाउने बाचा विप’रित सरकार गिरा’उने खेल खेलेको भन्दै उनीहरुले ओलीको सर्मथनमा प्रर्द’शन गरेका हुन् ।

बिहान चोकमा भेला भएका युवाहरुले प्रधानमन्त्री ओलीको तस्बीर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानर सहित जुलुस निकालेका थिए । प्रधानमन्त्री ओलीले भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्र’वादी छवि बनाएको भन्दै ओलीको सर्मथनमा युवाहरुले प्रदर्शन गरेका हुन ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।